Fast Nepal News

काठमाडौंमा चिनियाँ नेताको दौडधुप, राष्ट्रपति र शीर्ष नेताहरुसँग आज भेट गर्दै

banner single news

काठमाडौँ ─ २७ असार २०७९

काठमाडौँ, आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार बिहान यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका थिए । विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो । चार दिने नेपाल भ्रमणमा आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री देउवासँग भेटवार्ता नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री देउवासँँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

परराष्ट्रमन्त्री डा. खड्कासँग भेटवार्ता
नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ परराष्ट्रमन्त्री डा नारायण खड्कासंग भेटवार्ता गरेका छन् । आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै काठमाडौं आएका लिउले आइतबारै परराष्ट्रमन्त्री डा. खड्कासंग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र चीनको दुई पक्षीय सम्बन्ध बलियो बनाउने र सहयोग बारे छलफल भएको मन्त्रालयले जनाएको छ । लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । नेपाल बसाइका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Inside Article Ads

उनले राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् । केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । विदेश विभागमा नियुक्त भएपछि उनले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेकपा(एमाले)का शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद गरेका थिए । विदेश विभाग प्रमुख लिउ होटल द्वारिकामा रहनेछन् । गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो । नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.