Fast Nepal News

आजबाट कांग्रेसको केन्द्रीय समिति बैठक, सरकारको कार्यशैलीबारे शेखर पक्षले समीक्षा गर्ने

banner single news
काठमाडौं ─ २७ असार २०७९
काठमाडौं, नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने निष्कर्ष निकालेको हो । यस्तै कोइराला पक्षधरले केन्द्रीय सदस्यहरूले भातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णय समेत गरेको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भातृ संस्थाका शिखर पक्षीय नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् । बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
Inside Article Ads

भ्रातृ संस्थाको पूर्णताको माग
नेपाली कांग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ । काठमाडौंको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो । सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णयमा पुगेको हो । शेखर समूहले पार्टी नेतृत्वको र सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर समूहले भ्रातृ संस्थाको पूर्णताको माग राखेर प्रदर्शनको तयारी गरेका हुन् । कांग्रेस पदाधिकारी बैठक ः भ्रातृ र शुभेच्छुक संस्थाको मान्यतासँगै विधान स्वीकृत नेपाली कांग्रेस पदाधिकारी बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेर सोमबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आइतबार बसेको बैठकले आदिवासी जनजाति महासङ्घ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेको हो । यसैगरी शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय सङ्घलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्ताव पेस गरिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकले उक्त प्रस्ताव पारित गरे काँग्रेसमा १२ भ्रातृ र २८ शुभेच्छुक संस्था हुने छन् । १३ संस्थाले शुभेच्छुक र पाँच संस्थाले भ्रातृ संस्थाको मान्यताका लागि आवेदन दिएका थिए । भ्रातृका रुपमा १ ले भ्रातृ र १० वटाले शुभेच्छुक संस्थाको मान्यता दिन सकिने गरी प्रतिवेदन तयार भएको छ ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, जनसम्पर्क समिति, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ संघ, मुस्लिम संघ, तामाङ संघ, मगर संघ, ठाकुर समाजलाई हाल भ्रातृ संस्थाको रुपमा हाल क्रियाशील छन् । जसमा आदिवासी जनजाति संघ, तामाङ संघ र मगर संघलाई मर्ज गरिएको छ । तीन वटा भ्रातृ संस्थालाई मर्ज गरेर नेपाल आदिवासी जनजाति महासंघ बनाउन लागिएको हो । यस्तै नेपाल थारू संघलाई भ्रातृ संस्थाका रुपमा नयाँ मान्यता दिइएको छ । संवैधानिक व्यवस्था अनुसारका महिला, आदिवासी जनजाति, खस आर्य, मुस्लिम, मधेसी, थारुपिछडिएको क्षेत्र र दलित गरी आठवटा क्लष्टरलाई मध्येनजर गरेर भ्रातृ संस्था थप्ने र मर्ज गर्ने काम भएको नेता एनपी साउदले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार थप १० वटा शुभेच्छुक संस्थालाई मान्यता दिने गरी प्रस्ताव तयारी गरेको छ । काँग्रेसका १९ वटा शुभेच्छुक संस्थामा अब १० वटा थप हुने देखिएको छ । साउदका अनुसार व्यवसायिक रुपमा सक्रिय १० संस्थालाई शुभेच्छुक संस्थाको मान्यता दिइने भएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, नेपाल प्रजातन्त्रवादी इञ्जिनीयर्स, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी युनियन काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेका छन् । यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाःखल र डेमोक्रेटिक एसिग्रकल्चरिष्ट एशोसिएसन नेपाल गरी १८ वटा संस्था काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता पाएर सञ्चालित छन् ।

अब नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाउने भएका छन् । यस्तै नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई पनि शुभेच्छुक संस्थाको मान्यता दिन लागिएको छ । यस्तै काँग्रेसले नयाँ विधानमा पदावधि, कार्यसमिति, संगठन संरचना, महाधिवेशनका प्रक्रिया, पार्टीमा प्रतिनिधित्वलगायतका आधारभूत विषयमा एकरूपता कायम गरेको छ । कार्य व्यस्तताले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा उपस्थित हुन नसकेकााले बैठकपछि निर्णयका विषयमा जानकारी गराइसकिएको पनि उनले सुनाए । कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.