Fast Nepal News

त्रिशूलीमा बगाएको एक सातापछि भेटियो महिलाको शव

banner single news

नुवाकोट- २६ असार २०७९

नुवाकोट, त्रिशूली नदीले बगाएको एक सातामा नुवाकोटको डोडेनीकी एक महिलाको शव फेला परेको छ । त्रिशूलीले बगाउँदै गरेका आफ्ना छोरालाई उद्धार गर्न जाँदा महिलासमेत नदीले बगाएर यही असार १८ गते शनिवारदेखि वेपत्ता भएकी थिइन् । बिदुर नगरपालिका ३ ढोडेनीको पुर्णलाल श्रेष्ठका छोरा ७ वर्षिय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा त्रिशूली नदीले बगाएको थियो ।

Inside Article Ads

छोरालाई बगाएपछि उद्धारका लागि छोरालाई बचाउन गएकी ३२ वर्षिया सन्जिता भन्ने मोतिमाया श्रेष्ठलाई समेत नदीले सिर्खाली भन्ने स्थानबाट बगाई बेपत्ता भएकोमा महिलाको शव शनिवार फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । हराइरहेका उनका छोरा युनिक श्रेष्ठको अवस्था अझै अज्ञात रहेको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.