Fast Nepal News

दौडका क्रममा बेहोस भएका प्रहरी प्रशिक्षार्थी जवानको मृत्यु

banner single news

दिपायल  २६ असार २०७९

दिपायल, दिपायलस्थित प्रहरी तालिम केन्द्रमा लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका ६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको मृत्यु भएको हो। उनी असार २२ गते १० किलोमिटरको दौडका क्रममा उनी बेहोस भएका थिए ।

Inside Article Ads

उनको धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टर मार्फत कोहलपुर रेफर गरिएको थियो। कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ। मृत्युको कारण नखुलेको र पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.