Fast Nepal News

उपाधी नजिक पुगेका राफाल नाडाल चोटका कारण विम्बल्डनबाट बाहिरिए

banner single news

अष्ट्रेलिया ─ २४ असार २०७९

अष्ट्रेलिया, बाईस पटकका ग्राण्डस्लाम विजेता स्पेनिश खेलाडी राफाल नाडाल चोटका कारण विम्बल्डनबाट बाहिरिएका छन् । खेल्ने क्रममा आफ्नो शरीरमा चोट लागेका कारण आजको सेमिफाइनल खेल खेल्न नसक्ने जानकारी गराएपछि विम्बल्डन उपाधी नजिक पुगेका नाडालले खेल छोड्नु परेको छ । नाडालले आज अष्ट्रेलियन खेलाडी निक किरियससँग पुरुषतर्फको पहिलो सेमिफाइनल खेल खेल्ने तालिका रहेको थियो ।

गत बुधबार भएको क्‍वाटरफाइनल खेलमा नाडालले अमेरिकन खेलाडी टेलर फ्रिट्जसँग सामना गर्दा नाडालको पेटमा र खुट्टामा चोट लागेको थियो । चोटका कारण उनले दोस्रो सेटमा मेडिकल टाइम आउट सम्म लिनुपरेको थियो । यस सिजनको अष्ट्रेलियन ‌ओपन र फ्रेन्च ओपनजस्ता दुई प्रतिष्ठित ग्राण्डस्लाम हात पारेका नाडालको विम्बल्डन जित्‍ने सपना चकनाचुर भएको छ । गएराती सम्पन्न महिलातर्फको सेमिफाइनलमा पहिलो पटक अरबी मुलकी ओन्स जाबेर फाइनलमा प्रवेश गरेकी छन् ।

Inside Article Ads

तेस्रो बरियताकी ओन्स जाबेरले टाट्जाना मारियालाई २-१ को सेटमा पराजित गर्दै फाइनल पुगेकी हुन् । यता अर्को सेमिफाइनलमा भने काजकिस्तानकी एलिना रेबिकिनाले सिमोना हालेपलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गर्दै पहिलो पटक फाइनल प्रवेश गरेकी छन् । पुरुषतर्फको एक मात्र सेमिफाइनल खेल भने आज साँझ खेलिंदैछ । सेमिफाइनलमा विश्व एक नम्बरका जोकोभिचले क्यामरुन नोरीसँग सामना गर्दैछन् ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.