Fast Nepal News

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार

banner single news

टोकियो ─ २४ असार २०७९

टोकियो, जापानका भूतपूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापानको नारा शहरमा एउटा कार्यक्रममा सहभागी भइरहेको बेला आबेमाथि गोली प्रहार भएको एनएचकेले जनाएको छ ।

Inside Article Ads

कार्यक्रममा बोल्दै गर्दा गोली लागेका आबे भुईंमा ढलेका थिए र उनको शरीरबाट रगत बगिरहेको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । जापानमा यस्ता आक्रमण विरलै हुन्छन् । जापानमा पेस्तोल बोक्न प्रतिबन्ध छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.