Fast Nepal News

पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता

banner single news

उदयपुर ─ २३ असार २०७९

उदयपुर, स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका ती बालिका बेपत्ता भएका हुन् । त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् ।

राईका अनुसार हिजो दिउँसो गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्ता भएका हुन् । घटना लगत्तै स्थानीयवासी र प्रहरीचौकी साउनेबाट गएका प्रहरीले समेत खोलाले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताउनुभयो ।

Inside Article Ads

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरीचौकी साउनको प्रहरी टोलीले घटनास्थलमा गएर खोजीकार्य जारी राखेको तर साँझ परिसकेकाले फेला पार्न नसकिएको प्रहरी प्रमुख बोहराले बताउनुभयो । आज बिहान उज्यालो हुने साथ बेपत्ता बालिकाको थप खोजीकार्य जारी राख्ने पनि प्रहरीले बताएको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.