
काठमाडौं ─ २३ असार २०७९
काठमाडौं, सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद अर्थात इद उल अजहाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।
Visited 20 times, 1 visit(s) today
