Fast Nepal News

रुम्जाटारको रोपाइँ !

banner single news

ओखलढुंगा ─ २२ असार २०७९

ओखलढुंगा, कुनै चित्रकारले चित्र कोरे झैँ लाग्ने चिटक्क मिलेका खेतका गह्राहरु । त्यसमाथि हेरिरहुँ लाग्ने धान रोपाइँको दृष्य । कतै रोपाइँ सकिएको छ त कतै रोपाइँ भइरहेको छ । किसान रोपाइँमै व्यस्त छन् । तलका यी दृष्य हुन् ओखलढुंगाको रुम्जाटारस्थित चिप्लेटारी खेतको ।

केही दिन अघि त्यहाँ पुग्दा किसान हिलोमा रमाइरहेका थिए । हली बाउसे र रोपाहार किसान अर्मपर्म गर्दै मेलो पन्छाउँदै थिए । खेतमाथि रहेको बरपिपलको चौतारामा बसेर रोपाइँको रमिता हेर्दै थिए बाख्रा गोठालाहरु ।

Inside Article Ads

मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा लिइन्छ- असार महिनालाई । त्यसैले त रोपाइँको रौनकले तताएको छ रुम्जाटारका किसानहरुलाई । यी दृश्यहरु हाम्रा ओखलढुंगा संवाददाता नवराज कार्कीले क्यामेरामा कैद गर्नुभएको हो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.