Fast Nepal News

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न

banner single news

कास्की ─ २२ असार २०७९

कास्की, राष्ट्रिय गौरबको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९८ प्रतिशत काम सम्पन्न भएको छ ।  विमानस्थल निर्माण अन्तिम चरणमा पुगेपनि पोखरा महानगरपालिकाद्वारा सञ्चालनमा रहेको सेनेटरी ल्यण्डफिल साईड हटाउने र रिठ्ठेपानी डाँडा काट्ने काम अझैसम्म नभएकाले हवाई सञ्चालनमा आउन नसक्ने आयोजनाले जनाएको छ । लामो समयदेखी सो क्षेत्रमा पोखरा बजार क्षेत्रको फोहोर ब्यबस्थापन गरिंदै आएकोले ल्याण्डफिल साईड क्षेत्रमा हजारौंको संख्यामा चिल, गिद्ध लगाएत चराहरुको आवतजावत हुने गरेकाले हवाई सञ्चालनमा जोखिम हुने हुँदा महामनगरले जतिसक्यो छिटो ल्यण्डफिल साईड अन्यत्र सार्नुपर्ने आयोजनाले जनाएको हो ।

निर्माण कार्यको हालसम्मको प्रगति अनुसार आयोजनाको धावनमार्ग, मुख्य टर्मिनल भवन, ह्‍याङ्गर, कन्ट्रोल टावर लगाएतका सबै काम सकिएसँगै निर्माणको ९८ प्रतिशत काम सम्पन्न भएको र बाँकी २ प्रतिशत काममध्ये आन्तरिक फिनिसिङ्गको काम भैरहेको छ । अब बाँकी रहेका काम सकेर आगामी जनवरीको पहिलो सातादेखी व्यवसायिक उडानको तैयारी भैरहेको विमानस्थलका आयोजना प्रमुख विनिस मुनन कर्मिले जानकारी दिनुभयो ।

Inside Article Ads

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुरुप सञ्चालन गर्न विमानस्थलको पुर्वतर्फको रिठ्ठेपानी डाँडा काट्नु पर्ने, त्यसैगरी सेनेटरी ल्यण्डफिल्ड साईड बन्द गरी अन्यत्र ब्यबस्थापन गर्नुपर्ने लगाएतका काम सकेर उडान भर्न शुरु गर्ने तयारी गरिएको छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.