Fast Nepal News
Banner Below header

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय रद्द, दोस्रो खेल आज

banner single news

काठमाडौं ─ २२ असार २०७९

काठमाडौं, घरेलु टोली क्यानडा र नेपाल राष्ट्रिय क्रिकेट टोलीबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ । मंगलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो । दोस्रो खेल आज बुधबारका लागि तय भएको छ ।

Inside Article Ads

यसअघि नेपालले स्थानीय ओन्टारियो क्लबसंग दुई अभ्यास खेल खेलेको थियो । एक दिवसीय र टी-२० फर्म्याटमा खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो । यसपछि नेपाली टिम स्कटल्यान्ड भ्रमणमा निस्कने छ । विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल आयोजक स्कटल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्नेछन् ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.