Fast Nepal News

यस्तो छ शुक्रबार रातिसम्मको मौसम पूर्वानुमान

banner single news

काठमाडौं ─ २२ असार २०७९

काठमाडौं, देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

Inside Article Ads

बिहीबार पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार राति भने सुदूरपश्चिम, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.