Fast Nepal News

डेनमार्कको सपिङ सेन्टर बन्दुक आक्रमण, ३ जनाको मृत्यु

banner single news

डेनमार्क ─ २० असार २०७९

डेनमार्क, डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको एउटा सपिङ मलमा भएको बन्दुक आक्रमणमा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य कयौं मानिस घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गभ्भीर रहेको अधिकारीहरुको भनाइ छ । घटना एक २२ वर्षीय किशोरले गराएको आशंका गरिएको छ । आरोपित किशोरलाई आजै न्यायाशिधले सोधपुछ गर्नेछन् ।

Inside Article Ads

प्रत्यक्षदर्शीहरूले शहरको दक्षिणी भागमा रहेको फिल्डको मल भित्र गोली चलेपछि पसलहरूमा आतंक मच्चिएको बताएका छन् । बन्दुक आक्रमणकै कारण घटनास्थल नजिकै हुन लागेको ह्यारी स्टाइल्स कन्सर्ट रद्द गरिएको छ । साथै प्रसंशकहरुलाई कोपेनहेगनको रोयल एरिना छोड्न आग्रह गरिएको छ । डेनमार्कको राज परिवारले फिल्ड्स मलमा भएको आक्रमणको निन्दा गर्नुका साथै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.