Fast Nepal News

असंलग्नताको सिद्धान्तले वर्तमान विश्वका समस्या हल गर्नेमा समान धारणा बन्यो: सभामुख सापकोटा

banner single news

काठमाडौं ─ २० असार २०७९

काठमाडौं, संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रहरुका बीचमा समान धारणा बनेको बताउनु भएको छ । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सो जानकारी दिनुभयो ।

उहाँले संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रहरुका सभामुखहरुको सम्मेलनमा भू-राजनीतिक तनाव, हतियारको दौड, सैन्य खर्च बृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दि र मानविय संकट लगायतका देखा परेका समस्याको असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको बताउनु भएको हो । यही असार १६ र १७ गते बाकुमा सम्पन्न सम्मेलनले असंलग्न राष्ट्रहरुका सभामुखहरुका बीचमा सौहार्दपूर्ण सम्बन्ध एवं एकता कायम भएको जानकारी दिंदै सभामुख सापकोटाले सञ्जाललाई संगठनमा रुपान्तरित गर्नु पर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्ने गरी बुलन्द गर्नु पर्ने विषयमा बहस भएको बताउनु भयो ।

Inside Article Ads

उहाँले नेपाली प्रतिनिधि मण्डलका तर्फबाट सम्मेलनको मुख्य कार्यक्रममा सहभागिता र सम्बोधन बाहेक दुइ पक्षीय भेटवार्ता र छलफलहरु भएको जानकारी दिनु भयो । उहाँले आयोजक राष्ट्र अजरबैजानका सभामुख र मलेसियाका उपसभामुखसँगको भेटवार्ता व्यवस्थित र उत्कृष्ट भएको बताउनु भयो । आठलाख नेपाली रोजगारीमा रहेको मलेसियामा नेपालीहरुको स्थिति, उनीहरुका सेवा सुविधाको सम्बन्धमा ध्यानाकर्षण गराउन छलफल मलेसियासँग छलफल भएको बताउनु भयो । यस बाहेक बंगलादेश, जोर्डन, किर्गिजस्थान, मोरक्को, बहराइन, यमन, अल्जेरिया र बुरुण्डीका प्रतिनिधिसँग छलफल भएको सभामुख सापकोटाले जानकारी दिनु भयो । सभामुख सापकोटाको नेतृत्वमा यही असार १४ गते अजरबैजानको बाकु प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि ण्डल हिजो साँझ स्वदेश फर्केको हो । प्रतिनिधि मण्डलमा सांसदहरु पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहनु भएको थियो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.