Fast Nepal News

एनआरएनए स्पेनले ‘मंकीपक्स’ संक्रमणबारे सुसूचित गर्ने

banner single news

बार्सिलोना ─ २० असार २०७९

बार्सिलोना, ‘मंकीपक्स’ भाईरसबारे एनआरएनए स्पेनले सचेतनामूलक कार्यक्रम गर्ने भएको छ। आईतबार साँझ ६ बजे संघले भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्दै संघले स्पेनबासि नेपालीलाई सुसूचित गर्ने भएको हो। बीसभन्दा बढी मुलुकमा देखिएको ‘मंकीपक्स’ को संक्रमण स्पेनमा तिब्र रुपमा फैलिएको हुँदा सचेतना मूलक कार्यक्रम गर्न लागेको संघका महासचिव विदुर गौतमले जानकारी दिए। डब्लूएचओका अनुसार यो भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट अर्को व्यक्तिमा सर्छ । श्वासप्रश्वास, थुक, र्‍याल, संक्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट सर्ने जोखिम रहन्छ । बालबालिका, गर्भवती र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको गम्भीर संक्रमण देखिने गरेको छ । संक्रमण भएदेखि सामान्यतया ६ देखि १३ दिन शरीरमा लक्षण देखिन सक्छ । कहिलेकाहीं यो समय ५ दिनदेखि २१ दिनसम्म पनि हुने विज्ञ बताउँछन् ।

Inside Article Ads

यसको प्रारम्भिक लक्षण मौसमी रुघाखोकी (फ्लु) जस्तै हुन्छ । मंकीपक्स संक्रमण देखिएका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, कम्मर दुख्ने, जीउ काम्ने र थकाइ लाग्ने लक्षण देखा पर्छन् । त्यसपछि बिफरमा जस्तै पीप भएको खटिरा आउँछ र त्यो शरीरभरि फैलिएर केही दिनमा सुक्छ । खटिरा सुके पनि बिफरमा जस्तै दाग बस्ने विज्ञहरूको भनाइ छ । भर्चुअल कार्यक्रममा ‘मंकीपक्स’ बारे एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका स्वास्थ्य समितिका संयोजक डा. सन्जिप सापकोटा युरोप समितिका संयोजक डा. बोधराज सुवेदी र विशेषज्ञ डाक्टर सागर पौडेलले परामर्श दिने भएका छन्।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.