
काठमाडौं ─ २० असार २०७९
काठमाडौं, पत्रकार किशोर पन्थीको तेश्रो पुस्तक अन्ट्रान्सलेटेबल अब अमेजनमार्फत विश्वका १२ देशमा हार्डकभर र पेपरब्याकमा उपलब्ध भएको छ । अमेरिका, यूके, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, स्पेन, इटली, नेदरल्याण्ड, स्वीडेन, पोल्याण्ड, जापान र क्यानडामा पेपरब्याकमा उपलब्ध छ भने अमेरिका, यूके, जर्मनी, फ्रान्स, स्पेन, इटली र नेदरल्याण्डमा हार्डकभरमा पनि उपलब्ध रहेको छ । पुस्तकको हार्डकभर र पेपरब्याक दुबै निशुल्क होम डेलिभरीको व्यवस्था रहेको छ । पुस्तक गुगल बुक्समार्फत विश्वका ६६ देशमा ईबुकमा समेत उपलब्ध रहेको छ । नेपालमा काठमाडौंमा रहेको मण्डला बुक प्वाइन्टमा उपलब्ध छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत व्यवस्था रहेको छ । भावनाहरु सर्वब्यापी हुन्छन् तर अनुवाद गर्न नसकिने हुन्छन् भन्ने ट्यागलाइन सहितको यो पुस्तक ३ सय पेजको रहेको छ ।
Visited 6 times, 1 visit(s) today
