Fast Nepal News

नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन

banner single news

काठमाडौं ─ १९ असार २०७९

काठमाडौं, नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसर पारेर शनिबार साँझ नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाको आयोजनामा तारकेश्वर नगरपालिकामा नगर समिति गठन गरिएको हो ।

नगरसमितिको अध्यक्षमा अच्युत ओझा, उपाध्यक्षमा मनोजकुमार तिमल्सिना र कोपिला देवकोटा, सचिवमा जगदीश्वर न्यौपाने, कोषाध्यक्षमा कविन्द्र रिमाल, सहसचिवमा केदार गजुरेल हुनुभएको छ । यस्तै सदस्यसहित १५ जनाको कार्यसमिति गठन गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले श्रमिकको हक, हित र अधिकारका लागि स्व गिरिजाबाबुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । “कांग्रेसको इतिहासभन्दा श्रमिक आन्दोलनको इतिहास पुरानो छ, विराटनगर जुटमिलमा भएको आन्दोलनमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको थियो”, उहाँले भन्नुभयो ।

Inside Article Ads

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले सङ्गठित तथा असङ्गठित क्षेत्रका साझा समस्यालाई समाधान गर्न नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ जिल्लाका अध्यक्ष देवीप्रसाद भुसालले आगामी दिनमा काठमाडौँ महानगरसहित बाँकी १० वटै स्थानीय तहमा कार्यसमिति गठन गर्ने जानकारी दिनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसको भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनले सबै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको शाखा विस्तार गर्ने निर्णय गरेको थियो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.