Fast Nepal News

एमाले सचिवालय बस्दै

banner single news

काठमाडौं ─ १९ असार २०७९

काठमाडौं, नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज ११ बजे सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

Inside Article Ads

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। राजधानीको प्रज्ञा भवन कमलादीमा बिहान ११ बजे बैठक बस्ने तय भएको सो पार्टीले जनाएको छ। बैठकमा पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो चयन र कार्यविभाजन लगायत विषयमा छलफल हुने बताइएको छ। बैठकमा वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा हुने कर्यसुची पनि रहेको सो पार्टीले जनाएको छ। माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अध्यक्ष मात्रै चयन गरेको थियो ।

अरु पदाधिकारीको चयन हुन सकेको छैन। महाधिवेशनले केन्द्रीय कमिटीलाई पदाधिकारी चयन गर्न सक्ने अधिकार दिएको थियो। त्यसपछि पटकपटक बैठक बसे पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारीअन्तर्गत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन हुन बाँकी छ। माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य समेत चयन गर्न पनि बाँकी रहेको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.