Fast Nepal News

काभ्रेको भुम्लुमा श्रम अभियान सुरु

banner single news

काभ्रे ─ १९ असार २०७९

काभ्रे, काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले महिनाको एकदिन सार्वजनिक श्रम अभियान सुरु गरेको छ । श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा पारिएको छ ।

श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज, सुरक्षाकर्मी र राजनीतिक दल लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार महिनाको एकदिन सार्वजनिक श्रम अभियान शुरु गरेको बताउनुभयो ।

Inside Article Ads

गाउँपालिका निर्माणका लागि अबका दिनमा सबै मिलेर महिनाको एकदिन पाटी, पौवा, सडक, सार्वजनिक स्थल सरसफाई गर्ने बताउनुभयो । अभियानमा उपस्थित भएकाहरुले पालिकाले यो शुरु गरेको अभियान राम्रो रहेको बताउँदै अभियानमा साथ दिन बताए । गाउँपालिकाले महिनाको एकदिन बिदाको दिन पारेर श्रम अभियान गर्ने जनाएको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.