Fast Nepal News

साउथ एसियन प्रतियोगितामा क्योकुशिन–सेईसिन कराँतेलाई १६ स्वर्ण

banner single news

काठमाडौं । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको टोलीले भारतका विभिन्न स्थानमा भएका प्रतियोगितामा १६ स्वर्ण जितेको छ । नेपालको तर्फबाट सहभागी टोली आजै स्वदेश फर्केको छ । भारतको चाल्सा, जल्पाईगुरी, पश्चिम बंगालमा ३ तिन दिनसम्म आयोजित “११औं साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०२२” मा सहभागी हुन संघका qqअध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ वटा स्वर्ण, ७ रजत र ८ काश्य सहित नेपाल टिम दोस्रो स्थानमा रहन सफल भएको हो ।

नेपालको तर्फबाट स्वर्ण पदक बिजेताहरुमा पुरुष खुल्ला तौल समूह(७५के.जि.माथि)मा विनय सिंह , ७० के.जी. समूहमा सन्तोष कुमार लामा, ६५ के.जी. तौल समूहमा बिकास गुरुङ्ग(१८बर्ष माथि), ६५के.जी. तौल समूहमा समुन्द्र भट्ट(१७वर्ष मुनि), ५५के.जी तौल समूहमा चोप बहादुर बुढाथोकी(१८वर्ष माथि), ५५के.जी तौल समूहमा रक्कि यादव(१३वर्ष मुनि), ५०के.जी. तौल समूहमा भुपेन्द्र वली(१८वर्ष माथि), ५० के.जी. तौल समूहमा रवि किशन यादव(१३वर्ष मुनि), ४०के.जी. तौल समूहमा राजा बाबु दाश(१०वर्ष मुनि), ३५ के.जी. तौल समूहमा दर्शन मानन्धर(१०वर्ष मुनि), ३० के.जी. तौल समूहमा निशान्त श्रेष्ठ (१०वर्ष मुनि) रहेका छन् ।

त्यसैगरी महिला खुल्ला तौल समूहमा मञ्जु बि.क., ६०के.जी. तौल समूहमा पत्रिका चन्द, ५०के.जी. तौल समूहमा समृद्धि सापकोटा, ४०के.जी. तौल समूहमा आरति श्रेष्ठ, ३०के.जी. तौल समूहमा ओलिभिया पुनले स्वर्ण पदक हासिल गरेका थिए ।

रजत पदक हासिल गर्नेहरुमा पुरुष खुल्ला तौल समूहमा शाहिल बहादुर श्रेष्ठ, ७० के.जी. रवि यादव(१७वर्ष मुनि), ६०के.जी. तौल समूहमा रमेश बि.क.(१८वर्ष माथि), ६०के.जी. तौल समूहमा संदिप पटेल(१७वर्ष मुनि), ५५ के.जी. तौल समूहमा छविलाल खड्का(१८बर्ष माथि), ४६के.जी. तौल समूहमा अनिश चौधरी (१३वर्ष मुनि) ले रजत पदक हासिल गरेका थिए भने महिला ५०के.जी. तौल समूहमा अनुपा नेपाली रहेका छन ।

Inside Article Ads

त्यसैगरी रजत पदक हासिल गर्नेतर्फ पुरुष खुल्ला तौल समूहमा मनोज थपलिया, ५५ के.जी. तौल समूहमा निखिल राउत, ५०के.जी. तौल समूहमा अस्मित गिरी,४६के.जी.तौल समूहमा रोहण लामा, ४२के.जी. तौल समूहमा सन्तोष श्रेष्ठ, ४०के.जी. तौल समूहमा प्रशान्त ठाकुर, ३८ के.जी. तौल समूहमा रोशन लामा रहेका छन भने महिला ४६ के.जी. तौल समूहमा संस्कृति सापकोटा रहेका छन् ।

उक्त साउथ एसियन प्रतियोगितामा नेपालको तर्फबाट क्योकुशिन सेईसिन संघले खेलाडीहरु, कोच, रेफ्रि तथा बिभागिय टिम नेपाली सेना गरी ४५ जनाको टोली सहभागि रहेका थिए । प्रतियोगिताका लागि नेपालको तर्फबाट टिम मेनेजरमा बरिष्ठ उपाध्यक्ष हेमा मानन्धर, रेफ्रिहरुमा बद्रि थापामगर(नेपाली सेना), अमर तामाङ्ग(नेपाली सेना), सुनिल नगरकोटी(नेपाली सेना) तथा प्रशिक्षक जेन कुमार तामाङ्गले सहभागिता जनाएका थिए । कार्यक्रमको उद्घाटन समारोहमा नेपालका मिस नेवाः नेपाल २०२१ बिजेता कृषा महर्जन तथा मिस नेवाः नेपाल २०२२ बिजेता सलिना महर्जनलाई विशेष अतिथिको रुपमा भव्य स्वागत तथा सम्मान गरिएको थियो भने समापन समारोहमा मिस बंगाल २०२२ मिस अनिशा सेवाको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा कराँतेका भारतिय बरिष्ठ गुरुहरु हान्शि दिपक भुजेल, हान्शि पण्डित सुरेन्द्र प्रसाद शर्मा, शिहान पंकज कुमार सहनि, शिहान प्रेम चन्द्र सिंहको विशेष उपस्थिति रहेको थियो ।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.