Fast Nepal News

स्याङ्जामा पहिरो : एक जनाको मृत्यु, एक जना घाइते

banner single news

स्याङ्जा ─ १६ असार २०७९

स्याङ्जा, दुई दिनदेखिको अबिरल बर्षाका कारण स्याङ्जाको गल्याङमा १ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । १३ बर्षीया रेखा भट्टराईको पहिरोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना घाइते भएका छन । घाइते १६ बर्षीय लक्ष्मण भट्टराई  हुन ।

गल्याङ नगरपालिका- १०  दुबिनडाँडामा आज बिहान ५ बजे घर पछाडिको ढिस्को भत्किँदा घर सहितको गोठमा समेत क्षति पुगेको छ । ५ जना परिवार रहेको घरमा तीन जना घर बाहिर रहेको र दुई जना घरमा सुतिरहेको समयमा अकस्मात घरपछाडिको ढिस्को भत्किएको थियो ।

Inside Article Ads

घाइतेको उपचार  गल्याङ नगर अस्पतालमा भइरहेको छ । साथै गोठमा रहेका २ वटा भैंसी र २ बाख्रा पनि मरेका छन । घर पुुर्ण रुपमा क्षति भएको छ । घर क्षति भएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

Visited 56 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.