Fast Nepal News

मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

banner single news

पोखरा ─ १६ असार २०७९

पोखरा, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुधबार भेटी विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, प्रदेश सरकारका तर्फबाट यातायात÷विद्युतीय सवारीलगायत विभिन्न शीर्षकमा लगाइएको कर सम्बन्धमा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधा, कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारले पाउने राहत, प्रदेश सरकारले निर्माण गरेको बजेट र हाल यसको छलफलमा भइरहेको ढिलाइ, सांसदले खर्च गर्ने गरी बनाइएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तथा यसमा देखिएको विवादसँगै प्रदेशका विभिन्न ठाउँमा लगातार भइरहेको वर्षाका कारण भएको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारको भुमिकासहितका विषयमा ध्यानाकर्षण गराइएको सभापति आचार्यले जानकारी दिनुभयो । प्रदेश सरकारले गरेको काम, यसबाट जनमानसमा परेको प्रभावलगायत विषयमा पनि कुराकानी भएको उहाँले बताउनुभयो ।

Inside Article Ads

भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकीमा भइरहेको बजेटसम्बन्धी विवाद टुङ्गिएकाले यससम्बन्धी सम्पूर्ण विषय यसै हप्ताभित्र छलफलमा गई टुङ्गो लाग्ने जानकारी दिनुभयो । पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधाप्रति विज्ञको समूह निर्माण गरेको र यससम्बन्धी सबै विषय समितिले समाधान गर्ने र सेवा सुविधाको हकमा आफू धेरै अशक्ति नराख्ने उहाँले बताउनुभयो । बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणको सवालमा प्रदेश सरकारले जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिमार्फत प्रदेश सरकारसँग भएको सम्पूर्ण स्रोत साधन अधिकतम प्रयोगमा लगाउने उहाँले बताउनुभयो ।

कोभिड–१९ बाट ज्यान गुमाउनेका परिवारले पाउने राहत सबैले पाएको र छुटेको भएमा यथाशीघ्र सम्पर्कका आउनसमेत मुख्यमन्त्री पोखरेलले आग्रह गर्नुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका महिलाको पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचार, निःशुल्क परीक्षण, मिर्गाैला पीडितको निःशुल्क डायलाइसिस सुविधा, स्पाइनल कर्ड इन्ज्युरीका बिरामी र बौद्धिक अपाङ्गता भएकाको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.