Fast Nepal News

प्रेस युनियन काभ्रेको अध्यक्षमा अधिकारी

banner single news

काभ्रे ─ १६ असार २०७९

काभ्रे, नेपाल प्रेस यूनियन काभ्रेपलाञ्चोकको आज सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा नगेन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । उहाँको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संस्थाको उपाध्यक्षमा देवराज केसी र महिला उपाध्यक्षमा सम्झना हुमागाईँ, सचिवमा शुभराज अधिकारी, सहसचिवमा सचित खड्का, समावेशी सहसचिवमा इन्द्रबहादुर थापा र कोषाध्यक्षमा सरोज अधिकारी रहनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यहरूमा क्रमशः राजन दाहाल, रोशन पौडेल, पुजन धिताल, रवि धिताल, शोभा हुमागार्इँ, पुरुषोत्तम ढकाल, विपाश्ना शाक्य, भक्त दाहाल, ज्योती श्रेष्ठ, रामचन्द्र रम्तेल र रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । सम्पन्न युनियनको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । जसमा भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, प्रदीप केसी, बद्रीराज तिमल्सिना, कपिल कोइराला, रघुनाथ हुमागाई, शङ्कर अधिकारी, शिव दाहाल, ज्ञानमणि नेपाल, सूर्य लाकाजु, शिखर चिमौरिया, कविता शर्मा र इन्द्रलक्ष्मी घिमिरे रहनुभएको छ ।

Inside Article Ads

त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, मोहनकृष्ण तिमल्सिना, सरोज सापकोटा, पुरुषोत्तम ढकाल, हीराकाजी लामा, दुर्गा घलान, राजेन्द्र तिमल्सिना, सुमन गिरी, सनम सुवाल, सन्तोष तिमल्सिना, रोशन तिमल्सिना, दिलीप आचार्य, दीपक चौलागाईँ र जानुका खनाललाई सम्र्वसम्मत चयन गरेको छ । सो अवसरमा नेपाली कांग्रेस जिल्ला सभापति तीर्थ लामाले नवनिर्वाचित समितिलाई स्वागत तथा सम्मान गर्दै प्रेस युनियनलाई गतिशील ढङ्गले अगाडि बढाउन आग्रह गर्नुभयो ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.