Fast Nepal News

सिद्दार्थ र जुनाले पहिरिए ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२’ को शीर्ष ताज

banner single news

काठमाडौँ — असार १२, २०७९। ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२’ को शीर्ष ताज सिद्दार्थ तामाङ्ग र जुना श्रेष्ठले पहिरिएका छन्। एभरेष्ट ईभेन्टसद्वारा शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२’ मा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै तामाङ्ग र श्रेष्ठले क्रमश: मिस्टर र मिस तर्फको शीर्ष ताज पहिरीएका हुन् ।

बिजेताले उपाधीसंगै नगद रु पचास हजार सहित उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ती, एभरेष्ट फिल्म एकेडेमी मार्फत करिव एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमी मार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसंगै अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै कावेल लम्साल र अलिशा वाईबा तामाङ्गले फर्स्ट रनरअपको ताज हात पारे भने बिनय राई र आकृति पोखरेलले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। त्यसैगरी विधागत तर्फ ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाइन भोटिङ्गमा सर्वाधिक भोट प्राप्त गर्दै शिर्षक नेपाल, न्यिमा वाङ्गमो र प्रेशिका मल्ल ठकुरीले मस्ट पपुलरको अवार्ड हात पारे। अविलेख राव र लसता मानन्धर अर्गनाईजर चोइस, मिङ्ग्मार शेर्पा र जेनिया गुरुङ ब्राण्ड एम्बासडर र पुजा थापा ब्युटी वीथ ब्रेन घोषित भईन ।

आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई रोजिन शाक्यले संचालन गरेका थिए। प्रतियोगिताको निर्णायकमा सिल्भरस्टार ईन्टरटेन्मेन्टका सिईओ, मोडल तथा कोरियोग्राफर सनिश शाक्य, फेशन कोरियोग्राफर, नायक तथा मोडल दिक्पाल कार्की, फेशन कोरियोग्राफर, नायिका तथा मोडल प्रियारानी लामा, मेकअप आर्टिस्ट तथा मोडल निलिमा पौडेल, अभ्यानी प्रोडक्सनका सिईओ अभिबिन्द खनिया र जीएसके भर्साटाएलकी संचालिका तथा फेशन डिजाइनर गोमा तिवारी रहेका थिए।

Inside Article Ads

एसइई परीक्षा दिएर बसेका छात्रछात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा निखार्ने , उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२’ आयोजना गरिएको एभरेष्ट ईभेन्टसका सिईओ कृष्ण श्रेष्ठले बताए।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.