Fast Nepal News

लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गम्भिर गुरुङ, बरिष्ठ उपाध्यक्षमा ‘जय शम्भो’ र सचिवमा सुधिर भट्ट चयन

banner single news

लिस्वन । लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गम्भिर गुरुङ चयन भएका छन् । उनि समाजको आगामी दुई बर्षका लागि अध्यक्षमा चयन भएका हुन् ।

आइतबार सम्पन्न समाजको अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । समाजको बरिष्ठ उपाध्यक्षमा राज गुरुङ ‘जय शम्भो’ चयन भएका छन् । यस्तै अधिवेशनले कृष्ण तामाङ, देवी घिमिरे र विमलराज पौड्याललाई उपाध्यक्षमा चयन गरेको छ । उता समाजको सचिवमा सुधिर भट्ट, सह सचिवमा सन्दिप अधिकारी चयन भए । यस्तै अधिवेशनले कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह कोषाध्यक्षमा सपना सिलवाललाई चयन गरेको छ । यता चेतन लामा, रामचन्द्र पौड्याल र प्रिती गुरुङ समाजको सदस्यमा चयन भए ।

कार्यक्रम गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष समेत रहेका पर्यटनदूत रमेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा आफ्ना धारणा राख्दै गुरुङले समाज रुपान्तरणमा लमजुङ समाजको योगदान अतुलनिय रहेको बताए । उनले आगामी दिनमा नमूना समाजको रुपमा स्थापित गर्न नेतृत्वलाई आग्रह गरे । समाजले विगतमा गरेका कामको कदर गर्दैै उनले आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गरे । कार्यक्रममा ‘ओला अमिगो’ का निर्देशक गुमानसिंह कार्कीले आगामी दिनमा समाजले नमूना काम गर्नुपर्नेमा जोड दिए । उनले लमजुङबाट रोजगारीका लागि पोर्चुगल आएका जो कसैलाई पनि समाजले सहयोग गर्नुपर्ने बताए । उनले आफ्नो कार्यालयबाट र व्यक्तिगत तवरले कानुनी र कागजी काममा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । पछिल्ला दिनहरुमा नेपाली समुदायले कागजी काममा व्यहोर्नुपरेको झन्झटबारे बताउँदै उनले परामर्शका लागि कार्यालयमा आउन सबैसमक्ष आग्रह गरे ।

Inside Article Ads

समाजका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका निवर्तमान बरिष्ठ उपाध्यक्ष बौद्धप्रसाद गुरुङले शुभकामना मन्तव्य राखे । समाजका निवर्तमान सह सचिव लक्षिन घलेले सहजीकरण गरेको कार्यक्रममा निवर्तमान कोषाध्यक्ष बिशाल गुरुङको आग्रहमा सचिव कमल पनेरुले आर्थिक प्रतिवेदन र निवर्तमान अध्यक्ष गुरुङले हालसम्म भए गरेका क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.