Fast Nepal News

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

banner single news

काठमाडौं ─ १० असार २०७९

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो तर बिहीबारको तुलनामा आज शुक्रबार कमि आएको छ ।

बिहीबार एक डलरको विनिमयदर १ सय २५ रुपैयाँ ७२ पैसा थियो । आज युरो १ को खरिददर १३१.४८ पैसा र विक्रीदर १३२.११ पैसा रहेको छ ।

Inside Article Ads

यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.१९ पैसा विक्रीदर ८६.६० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.२४ पैसा र विक्रीदर ९.२८ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.