Fast Nepal News

चलिरहेको ट्रकमा आगलागी

banner single news

कञ्चनपुर ─ ०७ असार २०७९

कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगर बजारस्थित ४ नम्बर गल्लिको फ्रीलाइनमा आगजनी भएको छ । पार्कदेखी आँखा अस्पताल जाने सडक कालोपत्रे गर्न तयारी अवस्थामा रहेको कोलदार डिस्ट्रीब्युटर ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । चलिरहेको ट्रकमा आगो लागेपछी चालकले भागेर ज्यान जोगाएका छन् ।

हिजो बेलुका ८ बजेतिर लागेको आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । आगलागीबाट ट्रक पुर्ण रुपमा जलेर नस्ट भएको छ भने क्षतिको विवरण प्राप्त भएको छैन ।

Inside Article Ads

आगो बिजुलीको तारमा सल्किएपछि अहिले महेन्द्रनगर बजार क्षेत्र बिद्धुत लाइन काटिएको थियो । भिमदत्त नगरपालिकामा रहेको दमकलको सहायताले आगो नियन्त्रण गरिएको हो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.