Fast Nepal News

आगामी २४ घन्टाका लागि यस्तो छ मौसमी चेतावनी

banner single news

काठमाडौं ─ ०७ असार २०७९

काठमाडौंn नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Inside Article Ads

बिहान प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.