Fast Nepal News

विनोदप्रकाश सिंह सचिवमा बढुवा

banner single news

काठमाडौं ─ ०७ असार २०७९

काठमाडौं, सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Inside Article Ads

उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।

Visited 41 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.