Fast Nepal News

काठमाडौं उपत्यकामा हैजाका बिरामी बढे

banner single news

काठमाडौं ─ ०६ असार २०७९

काठमाडौं, काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन्। आइतबार मात्रै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप तीन जनामा हैजाको आंशका गरिएको हो। तीनै जनालाई हैजाको आशंकामा भर्ना गरिएको अस्पतालका निर्देशक डा. मनिषा रावलले जानकारी दिनुभयो।

डा रावलका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट ६५, ५५ र २८ वर्षीय तीन जना हैजाका लक्षण लिएर आएपछि आईसीयूमा भर्ना गरिएको हो। उहाँहरुलाई हैजा भए नभएको पुष्टि गर्न थप परीक्षणका लागि पठाएको डा रावले जानकारी दिनुभयो।

Inside Article Ads

प्रदूषित पानी र खानाका कारण गर्मी महिनामा झाडापखालाका कारण हैजाका बिरामी बढ्दै गएकोले सचेत रहन डा. रावलले आग्रह गर्नुभएको छ। आइतबार अस्पतालमा भर्ना भएका बागबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएको थियो। दिसाको कल्चर गर्दा हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.