Fast Nepal News

टोखामा कुटपिटबाट एकको मृत्यु, तीन जना पक्राउ

banner single news

काठमाडौं ─ ०५ असार २०७९

काठमाडौं, टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । कुटपिटबाट टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बूको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिम्बूको हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

Inside Article Ads

टोखा–१ मालुङस्थित निर्माणाधीन घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.