Fast Nepal News

जिप दुर्घटनामा २ जनाको मृत्यु

banner single news

रुकुम पश्चिम ─ ०५ असार २०७९

रुकुम पश्चिम, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोटको रिम्नाबाट रुकुम पश्चिमको राडीबजारतर्फ आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

Inside Article Ads

वडानम्बर -११, को चिसापानी नजिकै जिप दुर्घटना हुँदा जिप चालक बाँफिकोट गाउँपालिका-८ का अन्दाजी २६ वर्षीय प्रकाश घर्ती र सोही ठाउँका अन्दाजी २४ वर्षीय कबिराम विकको मृत्यु भएको प्रहरीले बताएको छ । चालक र सहचालक मात्रै सवार जिप सडक भन्दा झण्डै २ सय मिटर तल भेरी नदीको किनारमा खसेको बताइएको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.