
काठमाडौं ─ ०५ असार २०७९
काठमाडौं, गैर आवासीय नेपाली संघ अमेरिकाले नर्थ क्यारोलाईनामा हुने ज्ञान सम्मेलन तथा बार्षिक साधारण सभा पूर्व नेपाल अमेरिका सम्बन्ध ७५ बर्ष पुगेको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेपाल र अमेरिका बीच औपचारिक रुपमा दौत्य सम्बन्ध स्थापना भएको ७५ औ बर्ष हो । नेपाल-अमेरिकाको सम्बन्ध नेपालको आन्तरिक राजनीतिमा ठूलो महत्व राख्दछ । यसै सेरोफेरोमा एनआरएन अमेरिकाले नेपालको अमेरिका संगको सम्बन्ध बारे नेपालका प्रमुख राजनैतिक दलका नेताहरुलाई कार्यक्रममा वक्ताको रुपमा प्रस्तुति सहित निम्त्याएको छ ।
पूर्व सम्मलेन अघि तय गरिएको कार्यक्रममा सिपिएन युएमएलका घनश्याम भुसाल ,नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य डा चन्द्र भण्डारी, माओबादी केन्द्रका हिमाल शर्मा, राजनैतिक विश्लेषक डा अरुण सुबेदीको उपस्थिति रहने विचार-गोष्ठीका संयोजक डा यादव पण्डितले बताए । कार्यकम आगामी जुन १९ आइतबार अमेरिकी पूर्वीय समय अनुसार १० :१५ मा हुने भएको छ । उक्त अन्तरक्रिया कार्यक्रम एनआरएनए अमेरिका का बिधार्थी कार्यबलका सभापति मिलन जंग कटुवालले गर्ने भएका छन् । यसैगरी यस महत्वपूर्ण कार्यकममा सबैलाई सहभागी हुन् विचार-गोष्ठीका संयोजक डा पण्डितले आह्वान गरेका छन् ।
