Fast Nepal News

जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा.बलराम श्रेष्ठ अध्यक्ष चयन

banner single news

जापान ─ ०५ असार २०७९

जापान, जापान नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा डा.बलराम श्रेष्ठ अध्यक्ष चयन हुनु भएको छ। लामो समय देखि जापानमा अन्तरास्ट्रिय अधिबक्ताको रुपमा काम गर्दै आउनु भएको डा.बलराम श्रेष्ठ जापान स्थित जापान नेपाल चेम्बर अफ कमर्स को अध्यक्ष मा चयन हुनु भएको छ । नेपाल र जापान दुई देश बिचको आर्थिक अवस्था व्यापार ब्यबसाय लाइ बिकाश गर्दै बढी भन्दा बढी जापानिज र जापानिज कम्पनी हरुलाई नेपालमा बैदेशिक लगानी गर्न प्रोत्साहन गर्न तथा नेपालीहरु लाई जापानमा ब्यापार ब्यबसाय गर्न प्रोत्साहन गर्ने मूल उदेस्य को साथ बिगत १२ बर्ष देखि ड़ा. बलराम श्रेष्ठ को अग्रसरता मा जापानमा ५० भन्दा बढी जापानिज ब्यबसायि कम्पनि को सहभागिता मा जापानमा स्थापना भएको थियो / जपान र नेपाल को आर्थिक उन्नति लाई गतिसिल बनाउन को लागि स्थापना भएको जापान नेपाल चेम्बर अफ कमर्स ले जापान र नेपालको चौतर्फी सम्बन्ध लाई प्रगाड बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेको छ ❘

Inside Article Ads

चेम्बर को स्थापना को उदेस्य नेपाल संग दौत्य ब्यापार गर्ने जापानिज कम्पनीहरु लाई नेपालको बजार ,ब्यबयाय , कानुन, आयात निर्यात र सहजीकरण तथा इन्फोरमेशन अदान प्रदान गरि बिश्व बजारमा नेपालको उपथिती लाई क्रियासिल गराउने र नेपालको उत्पादन लाई बिदेशमा प्रबर्दन गर्ने काम लाई बिसेष ध्यान मा राखी काम गर्दै आइरहेको छ । जापान नेपाल चेम्बर अफ कमर्शको सल्ल्हकारहरुमा प्रधानमत्री किसिदा फुमिओ, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्री साइतो तेचुओ तथा पार्लियामेन्ट सदस्य हिरगुचि हिरोशी हुनु हुन्छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.