Fast Nepal News

मिस्टर एण्ड मिस एसईईको उपाधी बन्दना र मौषमलाई

banner single news

बिर्तामोड । बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको मिस्टर एण्ड मिस एसईईको उपाधी बन्दना धिमाल र मौषम रिजालले हात पारेका छन् । झापाको बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा १८ जना प्रतियोगिलाई पछि पार्दै बन्दना धिमालले मिस एसईईको उपाधी हात पारिन् भने मौषम रिजालले मिस्टर एसईईको उपाधी हात पारे । त्यस्तै मिस एसईईको फस्ट रनर अप विनिसा गुरागाईं, सेकेण्ड रनर अप हिना खड्का भइन् भने मिस्टर एसईईको फस्ट रनर अप सिद्धान्त दास भए ।

त्यस्तै मिस ट्यालेन्ट विनिसा गुरागाईं, मिस व्युटीफूल युनिसा सेञ्च्युरी, मिस कन्फिडेन्ट काव्या ठकुरी, वेस्ट स्पीकर सिवानी धिमाल, मिस हार्डवर्किङ सोनिया खत्री, वेस्ट वाल्क परिस्मा शंकर, मिस ओविडेन्ट प्रास्ना श्रेष्ठ, मिस फे्रण्डली प्राची गौतम, मिस फोटोजेनिक हिना खड्का, मोस्ट क्युरियस कुन्ती माझी, मोस्ट डिसिप्लेन प्रियन्का शर्मा पौडेल, मिस पर्सनालिटी अमिसा न्यौपाने, मिस क्रिएटीभ बन्दना धिमाल, वेस्ट सिङ्गर रोसनी तामाङ्ग, वेस्ट हेयर दिव्या दाहाल , मोस्ट पपुलर प्राची गौतम, पव्लिक च्वाइस अमिसा न्यौपाने, भ्युअर च्वाइज युनिसा सेञ्च्युरी घोषित भए ।

त्यस्तै मिस्टर पङ्च्युअल संगम बराइली, मिस्टर इनरजेटीक सिद्धान्त दास, मिस्टर वेस्ट डान्सर मौषम रिजाल घोषित भए । प्रतियोगिताको निर्णायकहरुमा वीरता जेसीजका निवर्तमान अध्यक्ष राजीव धिमाल, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य, मिसेस नेपालकी फस्ट रनर अप उशा श्रेष्ठ, सञ्चारकर्मी पूष्पाञ्जलि सिन्हा रहेका थिए । बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एलसी श्रेष्ठको अध्यक्षता तथा प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक दिनेशराज शर्माले स्वागत गरेका थिए । युमिसा घिमिरेको कोरीयोग्राफी रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर विजय लिम्बू रहेका थिए ।

Inside Article Ads

विजेता प्रतियोगिहरुलाई टावर टेम्पल स्कूल, एमीटी एजुकेशन फाउण्डेशन, श्री हरिकूल, निदी सेकेण्डरी स्कूल, आदर्श स्कूल अफ म्यानेजमेन्ट , स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टले छात्रवृत्ति प्रदान गरेका थिए  | कार्यक्रममा विजेता प्रतियोगिहरुलाई गोपाल एक्तेन, प्रविण खड्का, रञ्जीत शाह, धर्मराज माझी, तुलसीप्रसाद निरौला, दिनेश श्रेष्ठ, नवरनज सिटौला, अभिषेक झापाली, आदर्श अनुप, किरण अधिकारीलगायतले प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् । तस्वीर ः युनिक मिडिया हाउस

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.