Fast Nepal News

विश्वविद्यालयमा राजनीति नगरौँ : सभामुख शाही

banner single news

कर्णाली ─ ०३ असार २०७९

कर्णाली, कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयहरुलाई राजनीति गर्ने थलोका रुपमा बनाउन नहुने बताउनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विश्वविद्यालयमा राजनीति नगरौँ, यसलाई शैक्षिक हवका रुपमा विकास गरिनुपर्छ ।” पछिल्लो समय विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको र विश्वविद्यालय बेरोजगारी उत्पादनको हब बन्दै गएको भन्दै सभामुख शाहीले विश्वास बढ्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।

Inside Article Ads

“विश्वविद्यालय भनेको अनुसन्धान गर्ने थलो हो, यहाँ राजनीति गर्ने होइन”, सभामुख शाहीले भन्नुभयो, “विश्वविद्यालयमा राजनीति पढ्ने पढाउने काम हुन्छ ।” उहाँले विश्वविद्यालयलाई राजनीतिक प्रयोगशालाका रुपमा स्थापित गर्न नहुने उल्लेख गर्नुभयो । “विश्वविद्यालयले व्यक्तिगत स्वार्थमा अल्मलिनु हुँदैन”, उहाँले भन्नुभयो “विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन आवश्यक छ, विश्वको आवश्यकताअनुसार प्राज्ञिक केन्द्र रहिरहन समयसापेक्ष परिवर्तन भई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी छ ।” विश्वविद्यालय अनुसन्धानमूलक पाटोमा केन्द्रित हुनुपर्ने शाहीको भनाइ थियो । कर्णालीपछि परेको भन्दै यसमा विश्वविद्यालयले प्रमुख भूमिका खेल्नुपर्ने शाहीको भनाइ थियो ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.