Fast Nepal News

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

banner single news

दाङ ─ ०३ असार २०७९

दाङ, दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर राप्ती गाउँपालिका-५ पहरुवा निवासी करिब ४५ बर्षिय मोहन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

Inside Article Ads

घरबाट तानिएको तारमा करेन्ट प्रशारण हुदा चौधरीलाइ करेन्ट लागेको थियो । करेन्ट लागेर पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उपचारको लागि लमही अस्पताल लगिएको र मृत्यु भएको पुष्टि चिकित्सकले गरेका थिए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.