Fast Nepal News

वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन अपील

banner single news

काठमाडौं ─ ०३ असार २०७९

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन अपील गर्नुभएको छ । गत वैशाख ४ गतेको मन्त्रिपरिषद वैठकले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको नियमित योगदान रकम सञ्चित गर्ने, सञ्चित रकमको लगानी प्रतिफल सञ्चयकर्ताले प्राप्त गर्न सक्ने गरी तत्काल कार्यविधि बनाउने निर्णय गरिएको बताउनुहुँदै मन्त्री श्रेष्ठले जीवनको उर्भर समय बिदेशमा खर्ची बुढेसकालमा सहाराको रुपमा कोषबाट सञ्चालित आश्रीत परिवार सुरक्षा योजनाबाट सहयोग प्राप्त हुने बताउनुभयो । बैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी आजिवन काम गर्न नसक्ने गरी अंगभंग भई आजिवन सामाजिक सुरक्षाको आवश्यकता रहेकाहरुलाई पनि कोषले सञ्चालन गरेको अशक्तता सुरक्षा योजनावाट सहायता उपलब्ध हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

ठुलो संख्यामा नेपालीहरु बिभिन्न मुलुकमा श्रम गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले जोखिमयुक्त काम गर्न बाध्य श्रमिकको सम्मानित श्रमका लागि सामाजिक सुरक्षा अपरिहार्य रहेको बताउनुभयो । आगामी आर्थिक बर्षको बजेटमा पनि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलार्इ सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषय उल्लेख गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समिति गठन गरि वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलार्इ सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आवश्यक पुर्वाधार तयार गरिएको उहाँले बताउनुभयो ।

Inside Article Ads

गन्तव्य मुलुकसँग द्विपक्षीय समझदारी गरि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलार्इ सामाजिक सुरक्षा कोषमा आवद्ध गराइनेछ । आगामी पाँच आर्थिक वर्ष (२०७९/०८० देखि ०८३/०८४) मा सम्पादन हुने विभिन्न क्रियाकलाप समेटेर मन्त्रालयले तयार गरेको पाँच वर्षे रणनीतिक योजनामा पनि हामीले सामाजिक सुरक्षा कोषको विस्तारलाई प्राथमिकतामा राखिएको मन्त्री श्रेष्ठले बताउनुभयो । २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवाट भएदेखि नीजि संगठीत क्षेत्रका करिव ३ लाख ४० हजार श्रमिक र १७ हजार रोजगारदाता आवद्ध भएका छन् ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.