Fast Nepal News

काठको पुलबाट खसेर महिलाको मृत्यु

banner single news

डोटी ─ ०३ असार २०७९

डोटी, डोटीमा पुलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाँउ पालीका वडा नं. ६ का रलु खडायत की १८ बर्षिया छोरी ढुल्लु अधिकारीको काठको पुलबाट खसेर मृत्यु भएको हो । हिजो बिहान आदर्श-६ गिरिचौकाको बबिना देखि सिगास गाउँपालिका बैतडी साङडामा रोपाई गर्न जाने क्रममा पुलबाट खसेर मृत्यु भएको स्थानीय बिरबहादुर थापाले जानकारी दिनुभयो । पुलबाट सेतीमा खसेकी उनको शव पुल नजिकै फेला परेको छ ।

Inside Article Ads

गत बर्ष कार्तिकको महिना परेको अबिरल बर्षाका कारण आदर्श-६ गिरिचौका र बबिना जोडने सेती नदी माथी रहेको झोलुङ्गे पुल बगाएपछि अस्थायी रुपमा बनाएको काठको पुलबाट खसेर अधिकारीको मृत्यु भएको हो । दुइ जिल्लाका सिमानामा बस्ने स्थानीयको दैनिकीसँग जोडिएको महत्वपूर्ण बाटोमा निर्माण गरेको झुलङगे पुल नै बगाउँदा स्थानीयलाई सास्ती भएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.