Fast Nepal News

ओली सरकारकै पालामा एसपीपी सम्झौताः दाहाल

banner single news

काठमाडौं–२ असार २०७९,

काठमाडौं, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गर्नुभएको छ । एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको उहाँको जिकिर थियो ।

Inside Article Ads

रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा बिहीबार बिहान भएको कार्यक्रममा अध्यक्ष दाहालले एसपीपी सम्झौता नहुनेसमेत दाबी गर्नुभयो । ‘हिजो आज एसपीपी सम्झौता हुँदैछ रे भनेर भइसक्यो भनेजस्तो प्रचार गरिएको छ । यो बिल्कुल झुटो हो,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा एसपीसी सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाउनुभएको दाहालको भनाइ छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.