Fast Nepal News

पत्रकारहरूको आर्थिक तथा पेशागत सुरक्षाप्रति सरकार सजग छ : सञ्चारमन्त्री कार्की

banner single news

काठमाडौं ─ ०२ जेठ २०७९

काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमा काम गर्ने पत्रकारहरूको आर्थिक तथा पेशागत सुरक्षाप्रति सरकार सजग रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमसम्बन्धी छलफलका क्रममा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिदै उहाँले मन्त्रालयले पत्रकार वृत्ति कोष निर्देशिका, २०७८ एवं मापदण्ड स्वीकृत गरी कार्य प्रारम्भ भएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा कार्यरत पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको छ । श्रमजीवी पत्रकारको लागि रु सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने प्रक्रिया अगाडि बढेको छ ।” श्रमजीवी पत्रकारहरूको निःशुल्क औषधी उपचार सम्बन्धी कार्यविधि, २०७८ र कोभिड–१९ बाट प्रभावित पत्रकारहरूलाई आर्थिक सहयोग प्रदान गर्ने मापदण्ड, २०७८ को मस्यौंदा तयार गरिएको बताउँदै उहाँले यसलाई छिट्टै कार्यान्वयनमा लगिने उल्लेख गर्नुभयो ।

Inside Article Ads

नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रलाई सरकारमा रहेका पार्टीको पेवा बनाउन नहुने तथा यी सञ्चार माध्यमलाई वैचारिक हिसाबले समावेशी बनाउनुपर्ने भन्ने सांसदको सुझावमा उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रबाट निष्पक्ष एवं व्यावसायिक रूपमा समाचार सम्प्रेषण भइरहेको स्पष्ट पार्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “कुनै पनि राजनीतिक दल वा पार्टी विशेषको समाचार मात्र प्रकाशन/प्रसारण गर्ने गरिएको छैन । संविधान र अन्य कानुनले निषेधित गरेको विषयमा बाहेक अन्य विषयमा सञ्चार माध्यमलाई वैचारिक स्वतन्त्रता रहेकाले कुनै निश्चित विचारधारलाई प्रवद्र्धन गर्ने किसिमले निर्देशित गर्न उचित हुँदैन भन्ने कुरा माननीय ज्यूहरूलाई जानकारी नै छ ।”

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.