Fast Nepal News

जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा काँग्रेसकी कार्की निर्वाचित

banner single news

रामेछाप ─ ३० जेठ २०७९

रामेछाप, जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा नेपाली काँग्रेसकी चीना कार्की निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी नेता कार्की विजयी हुनु भएको हो । १६ जना मतदाता रहेको उक्त निर्वाचनमा उहाँले ९ मत प्राप्त गरी विजयी हुनु भएको थियो ।

प्रमुखमा पराजित नेकपा एमालेका उम्मेदवार तुलप्रसाद कडेंलले ६ मत प्राप्त गर्नु भएको थियो । निर्वाचनका लागि नेपाली काँग्रेस र माओवादीको गठबन्धन थियो । यसैगरी उपप्रमुखमा माओवादीका प्रेमसागर थापा निर्वाचित हुनु भएको छ ।

Inside Article Ads

उहाँले १० मत प्राप्त गर्नु भएको थियो । उहाँको प्रत्यासी नेकपा एमालेका सुनिता सुनुवारले ६ मत प्राप्त गर्नु भएको छ । जिल्ला समन्वय समितिको प्रमुख सहित ४ पदमा नेपाली काँग्रेस र उपप्रमुख सहित ५ पदमा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.