Fast Nepal News

आज ६ जिल्लामा विद्युत कटौती, दिउँसो ३ बजे मात्रै ती क्षेत्रमा विद्युत उपलब्ध हुने

banner single news

काठमाडौँ, असोज २४ – नेपाल विद्युत् प्रधिकरणले आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती गरेको छ । प्राधिकरणले निकालेको सूचना अनुसार आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न स्थान तथा काभ्रे, सुनसरी र धनकुटामा विद्युत कटौती हुने जनाएको छ ।

सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा ७ बजेबाटै विद्युत कटौती भइसकेको छ । अब दिउँसो ३ बजे मात्रै ती क्षेत्रमा विद्युत उपलब्ध हुनेछ । धनकुटाका पनि विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै विद्युत कटौती भएको छ । त्यहाँ अब साँझ ५ बजेमात्रै विद्युत आउने प्राधिकरणले जनाएको छ ।

यस्तै काभ्रेमा ९ बजेदेखि विद्युत कटौती गरिने भएको छ भने काठमाडौँ उपत्यकाका जोरपाटी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि विद्युत कटौती भएको छ । यस क्षेत्रको विद्युत साँझ ५ बजेमात्रै आउनेछ ।

Inside Article Ads

यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा ११ बजेदेखि विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.