Fast Nepal News

कोेका–कोलाको ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु

banner single news

काठमाडौं ─ ३१ जेठ २०७९

काठमाडौं, कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन “कोक उठाउँ, आफुलाई जगाऔं” भन्ने रहेको कम्पनीले जनाएको छ । जसले कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । ‘यो क्याम्पेनको उद्देश्य उपभोक्ताहरुलाई दिउँसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो’, विज्ञप्तिमा भनिएको छ ।

कोका–कोला नेपालले नयाँ टिभीसी पनि सार्वजनिक गरेको छ, जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ । क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामीले यो क्याम्पेन मार्फत हाम्रा उपभोक्ताहरूलाई वहाँहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले उहाँहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौं ।’

Inside Article Ads

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.