Fast Nepal News

एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल

banner single news

काठमाडौं ─ ३१ जेठ २०७९

काठमाडौं, एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवते सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे (स्थानीय १० ) सुरु हुनेछ । इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल र इन्डोनेसिया आधिकारीक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अर्थमा नेपाल र इन्डोनेसिया अपरिचित प्रतिस्पर्धी हुन् ।

यद्यपि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुवेत र यस अघि समेत इन्डोनेसियाको खेल हेरेका कारण आत्मविश्वासी छन् । उनी युवा टोलीबाट कम्तिमा एक खेल आफ्नो पक्षमा पार्न चाहन्छन् । तर, प्रतियोगितामा इन्डोनेसिया बलियो स्थितिमा रहेको छ । उसले पहिलो खेलमा घरेलु टोली कुवेतलाई २–१ अन्तरले पराजित गरेको थियो । डिफेन्सिभ खेलसँगै इन्डोनेसिया काउन्टर खेलमा बलियो देखिएको छ । दोस्रो खेलमा भने इन्डोनेसिया बलियो टोली जोर्डनसँग १–० अन्तरले पराजित भएको थियो ।

Inside Article Ads

यता, नेपाल भने पहिलो खेलमा जोर्डनसँग शसक्त प्रदर्शन गर्दै २–० अन्तर र कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो । यता, अर्काे खेलमा जोर्डन र आयोजक कुवेतबीच प्रतिस्पर्धा हुनेछ । यस खेलमा विजयी भए जोर्डन सिधै एएफसी कपमा छनोट हुनेछ । यदि कुवेत २–० अन्तर बढी जित भएमात्रै फाइनल चरणमा स्थान बनाउने छ । जारी प्रतियोगितामा जोर्डन ६ अंक सहित शीर्षस्थानमा छ । कुवेत र इन्डोनेसिया समान ३ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहँदा नेपाल पुछारमा छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.