Fast Nepal News

यमनी नेताद्धारा क्षेत्रीय संगठनहरुलाई आग्रह

banner single news

यमन ─ ३० जेठ २०७९

यमन, यमनको प्रोसिडेन्सियल लिडरसिप काउन्सिलका अध्यक्षले यमनलाई सहयोग गर्नका लागि सबै क्षेत्रीय संगठनहरुलाई आग्रह गर्नुभएको छ ।प्रोसिडेन्सियल लिडरसिप काउन्सिलका अध्यक्ष रसद अल अलिमीले सो आग्रह गर्नुभएको हो । उहाँले हाल यमनमा जारी रहेको शान्ति वार्तामा सहयोग गरी यहाँ शान्ति स्थापनाका क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

काउन्सिलका अध्यक्ष अलिमीले अरब क्षेत्रका क्षेत्रीय संगठनहरु अरब लिग, गल्फ कोअपरेसनलगायतका अन्य पनि क्षेत्रीय संगठनहरुलाई यमनका नागरिकको चाहना बमोजिम यहाँ शान्ति स्थापना गरेर राजनीतिक स्थायित्व दिने काममा सहयोग गर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।संयुक्त राष्टसंघीय प्रतिनिधिको समेत संलग्नतामा यहाँको समस्याको राजनीतिक समाधान खोज्नका लागि भन्दै केही समय अघि यहाँ अलिमीको अध्यक्षतामा प्रोसिडेन्सियल लिडरसिप काउन्सिल गठन भएको थियो ।

Inside Article Ads

सो काउन्सिलका अध्यक्ष अलिमीले आइतबार इजिप्टको कायरोमा रहेको अरब लिगको मुख्यालयमा सम्बोधन गर्दै शान्तिका लागि सहयोग गर्न सो याचना गर्नुभएको हो । उहाँले यमनमा हिंसा मच्चाइरहेका हुथी विद्रोहीहरुको आलोचना पनि गर्नुभयो । उनीहरुका कारणले यमनको शान्ति वार्ता भंग हुने पनि उहाँले बताउनुभयो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.