Fast Nepal News

विद्युत प्रसारण लाइनमा हिँड्ने व्यक्तिको सकुसल उद्धार

banner single news

नुवाकोट ─ २९ जेठ २०७९

नुवाकोट, नुवाकोटको ककनीस्थित विद्युत् प्रसारण लाइनमा हिँड्ने एक व्यक्तिको नेपाली सेनाले सकुशल उद्धार गरेको छ । पोलबाट चढेर विद्युतको प्रसारण लाइनमा हिँड्ने र भुण्डिने गरेका ती व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ का माइला भन्ने प्रेम विक रहेका खुल्न आएको छ ।

उक्त प्रशारण लाइन माथिल्लो त्रिशूली थ्री ए को हो । उनी पोलमा चढेको चाल पाएका स्थानीयले खबर गरेपछि विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् प्रसारण बन्द गरेका थिए । त्यसपछि ती व्यक्ति पोलबाट चढेर तारतारै हिँडिहेका दृष्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Inside Article Ads

काठमाडौँबाट हेलिकप्टरमा गएको सेनाको विशेष फौज बाहिनीबाट खटिएको तालिमप्राप्त टोलीले उनलाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । तारमा चढेको ८ घण्टापछि उनलाई उद्धार गरिएको हो । प्रहरीका अनुसार उनी मानसिक रोगी भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.