Fast Nepal News

बेपत्ता भएको १८ दिन पछि बालकको शव भेटियो

banner single news

डोटी  ─ २७ जेठ २०७९

डोटी, बेपत्ता भएको १८ दिन पछि बालकको शव भेटिएको छ । डोटीको शिखर नगरपालिका-७ विष्टैका १४ वर्षीय बालक बिक्रम रावल मृत अवस्थामा भेटिएका हुन् । जेठ ८ गते घरबाट निस्किएका बालकको परिवार तथा गाउँलेले खोजी गर्दा भेटाउन नसके पछि २० गते प्रहरीमा निवेदन दिईएको थियो ।

Inside Article Ads

बालकको शव शिखरको लेकमा रहेको तलाउमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । हराएको भैंसी खोज्न गएका गोठालाले शव भेटाएपछि स्थानीयलाई खबर गरेका थिए ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.