Fast Nepal News

दशैंमा लकडाउन गर्ने कि नगर्ने सरकार दाेधारमा

काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसका दैनिक एक हजारभन्दा बढी संक्रमित थपिएका छन्

banner single news

विगतमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५ हजार ७ संक्रमित संख्या नाघेमा लकडाउनको सिफारिश गर्ने बताएका थिए । मन्त्रालयले. कोरोना भाइरससँग लड्ने नीति बनाउने क्रममा २५ हजार संक्रमित संख्या नाघेमा लकडाउनको सिफारिश गर्न सकिने बताएबाट कडाई हुने सम्भावना बढेको हो ।
देशमा एकै दिन ३४ सय ३९ जना कोरोना भाइरसको संक्रमित थपिएसँगै सक्रिय संक्रमित संख्या २५ हजार नाघेको छ । यसले देशमा समुदायस्तरमा कोरोना संक्रमण खतरनाक बनेको देखिएको छ । जसको रोकथामका लागि सरकारले लकडाउन समेत गर्ने सम्भावना छ ।

विशेषगरी काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसका दैनिक एक हजारभन्दा बढी संक्रमित थपिएका छन् । यसले उपत्यकामा झन् जोखिम बढेको छ । सरकारले यसलाई दृष्टिगत गरी जोखिम बढेको क्षेत्रहरुमा लकडाउन गर्न सक्ने बुझिएको छ ।

Inside Article Ads

दशैं नजिकिदै गर्दा लकडाउनको सम्भावना बढ्नुले झन् समस्या ल्याउने देखिएको छ । सरकारले दशैंमा टीकाटालो घरमै मात्र गर्न आग्रह गरेको छ । वृद्धवृद्धालाई जोखिममा नपार्न भनेको छ ।-फाइल तस्वीर

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.