Fast Nepal News

राष्ट्रपति काजी कालु पाँडेको समाधिस्थलमा

banner single news

काठमाडौं ─ १९ जेठ २०७९

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा आउनुभएको छ । काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आउनुभएको हो ।

Inside Article Ads

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँले त्यहाँस्थित दहचोक भ्यूटावरको पनि अवलोकन गर्नुभयो ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.